मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज अमेरिकी डलर १ बराबर खरिद दर १३४.७४ रुपियाँ र बिक्री दर १३५.३४ रुपियाँ पुगेको छ । हिजो भने खरिद १३४.७१ रुपियाँ र बिक्री १३५.३१ रुपियाँ रहेको थियो ।

त्यस्तै हिजो युरो १ को खरिद मूल्य १४४.३४ रुपियाँ र बिक्री १४५.०३ रुपियाँ तोकिएकामा आज भने घटेर खरिद १४३.६५ रुपियाँ र बिक्री १४४.२९ रुपियाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार मंगलबारका लागि पाउन्ड १ को खरिद दर १७३.५५ रुपियाँ र बिक्री दर १७४.३२ रुपियाँ निर्धारण गरिएको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७४.०९ रुपियाँ र बिक्री १७४.८६ रुपियाँ थियो ।

अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८९.४७ रुपियाँ र बिक्री मूल्य ८९.८७ रुपियाँ रहेकामा यसदिन घटेर खरिद ८८.६८ रुपियाँ र बिक्री ८९.०७ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै आज कोरिय वन १० को खरिद दर ९.६३ रुपियाँ र बिक्री दर ९.६८ रुपियाँ रहेकामा आइतबार भने खरिद ९.७२ रुपियाँ र बिक्री ९.७६ रुपियाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर