आफ्ना पार्टीका उम्मेदवार जिताउन माओवादीको निर्देशन

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सोमवार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्देशन दिएको हो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको बताए । उनले मङ्सिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत्, वृहङ्गम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाएका छौँ । मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने । पुसको २ गते केन्द्रीय समितिको बैठक बस्नेछ ।’

प्रवक्ता सापकोटाले वर्तमान सरकार जनहितविपरीत कार्यमा अघि बढिरहेको आरोप पनि लगाए । पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर