कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
काठमाडौं । विराटनगरस्थित डेराबाटै पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । मानव तस्करी घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।
जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको छ । आइतबार आफैँ प्रहरीसमक्ष उपस्थित हुने तयारीमा रहेका उनलाई प्रहरीले विराटनगरस्थित डेराबाटै नियन्त्रणमा लिएको हो । मन्त्रीको हैसियतमा जापान भ्रमण गर्दा उनले आफूसँगै केही व्यक्तिहरूलाई लगेको थिए । जापानले उनलाई र उनीसँगै गएका व्यक्तिलाई डिपोर्ट गरेपछि यो विषय सार्वजनिक भएको थियो ।
प्रतिक्रिया