रविलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न न्यायाधीश नवराज दाहालको इजलासले अनुमति दिएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद आज सकिएको थियो । आजै उनलाई अदालत उपस्थित गराइएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरेको थियो । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । रास्वपाले शनिबार दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो । करिब १०ः३० बजे लामिछानेसहित पूर्वडीआइजी छविराज जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिको थियो । साथै मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पनि आज अदालत उपस्थित गराइएको छ । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ ३ गते बिहान पोखरा ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर