एमालेका पूर्वप्रदेश मन्त्री अधिकारी गिरफ्तार

काठमाडौं । मानव तस्करीको आरोपबाट ग्रसित कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई आज स्थानीय प्रशासनले गिरफ्तार गरेको छ । उनलाई विराटनगरबाट गिरफ्तार गरेर आजै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराउने भएको सम्बद्ध अधिकारीहरूले जनाएका छन् ।
अधिकारीले पदको दुरुपयोग गरेर प्रति व्यक्ति १० लाख रुपैयाँँ लिएर मानव तस्करी गरेको उजुरी परेपछि गिरफ्तार गर्न बाटो खुलेको हो । उनी कोशी प्रदेश सरकारलाई जानकारी नै नदिएर जापान उडेको र त्यहाँबाट फर्काइएको प्रहरीको दाबी रहेको छ । अधिकारीको सुटुक्क जापान यात्राको सर्वत्र आलोचना भएपछि उनले नैतिकताको आधारमा प्रदेश मन्त्री पलबाट राजीनामा दिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अधिकारीसँगै आफ्ना मन्त्रालयको नक्कली कार्ड बनाएर तीन जना जापान उडेको खुलेको छ ।