मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।मुग्लिङ बाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरु मध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने राजबहादुर गुरुङको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर