छठका लागि काठमाडौंमा सजाइएको पोखरी

काठमाडौं । छठ पर्वको मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरू सिँगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको मानिन्छ ।
प्रतिक्रिया