तिहारपछि खुलेको नेप्सेमा गिरावट

काठमाडौं ।  तिहारपछि खुलेको बजार सामान्य अंकले घटेर बन्द  भएको छ । आज मंगलबार शेयर बजारको सूचकांक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ०.२१अंक घटेर बन्द भएको छ । आज नेप्से दुई हजार छ सय ७७ दशमबल ४० अंकमा पुगेर रोकिएको छ ।  तिहारअघि बुधबार बजार १४.४३ अंकले नेप्से परिसूचक घटेर बन्द भएको थियो । नेप्से दुई हजार ६७७.६२ बिन्दु रहेको थियो ।

आज ११३ कम्पनीको शेयरमूल्य बढेकोमा १२४ कम्पनीको शेयरमा भने गिरावट आएको छ । चार वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार आज सुपर माइ हाइड्रो पावर, समाज लघुवित्त संस्था, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त संस्थामा पोजेटिभ सर्किट लागेको हो । आज ४ अर्ब २० करोड ५५ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ । गत हप्ता बुधबार ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर