प्रधानमन्त्री केपी शर्मा ओली ज्वरो आएर अस्वस्थ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले बताए। अस्वस्थ भएकोले प्रधानमन्त्री अत्यावश्यक बाहेक अरू भेटघाटमा सहभागी नभएको ओलीको सचिवालयले  जनाएको छ। अहिले प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर