रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा इच्छुक सर्वसाधारणले भाइटीका लगाएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नहुनेका लागि आज एक दिन सो मन्दिर खुला गरिएको छ । यद्यपि, टीकाको साइत भने ११ बजेर ३७ मिनेटमा भएको भए पनि बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको थियो । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । त्यहाँ इच्छुक दिदीबहिनी उपस्थित हुने गरिन्छ र उनैहरूका हातबाट टीका ग्रहण गरी गच्छअनुसारको दक्षिणा दिने प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर