नेपाल छैटौं पटक उपविजेतामै सीमित : बङ्गलादेश दोस्रो पटक बन्यो साफ च्याम्पियन

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्‍यो।

खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट चुकेको छ । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर