मेयर बालेनलाई जिस्क्याइरहेको प्लास्टिकका फूलका माला !
काठमाडौं । आफूलाई अब्बल दर्जाको मेयर भनेर ख्याति कमाउन उद्यत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन उर्फ बालेन्द्र साहले महानगरभित्र प्लास्टिकका फूलहरू बेच्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । त्यहीअनुसार सबैले बालेनको कदमलाई सकारात्मक माने । तर उनको फितलो प्रशासनिक अनुगमन र हचुवाको भरमा ख्याति कमाउने नीतिले काठमाडौंका बजारमा प्लास्टिकका फूलहरू पसलहरूमा बिक्रीका लागि सहज र सरल तरीकाले राखिएका छन् । सयौं महानगर प्रहरीका प्रमुख रहेर भत्काउने कार्यमा अग्रसर बालेनको आँखा प्लास्टिकका फूलहरूमा किन नगएको हो ? पक्कै पनि ती फूलहरूले बालेनलाई कतै जिस्क्याइरहेको त छैन? उत्तर अपेक्षित छ ।
प्रतिक्रिया