सञ्चालनमा आयो रसुवागढी-केरुङ अन्तर्राष्ट्रिय राजमार्ग

काठमाडौं । अविरल वर्षाका कारण एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरुद्ध चिनियाँ भू-भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याइएको हो । सोमबारबाट सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याइएको हो ।

आज बिहानबाट चिनियाँ साना सवारीसाधनलगायत नेपाली मालवाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । अहिले साना सवारीसाधनलगायत १३ टन क्षमताका मालवाहक गाडी मात्र सञ्चालन गरिएको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए । रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरुद्व भएको थियो भने भोटेकोशी नदीको बाढीले सडक बगाएका कारण यो नाका असोज १२ गतेदेखि बन्द थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर