नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हुने नेपाल र बंगलादेशबीचको महिला साफ च्याम्पियनसिप फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको छ ।

नेपाल र भारतबीच आइतबार भएको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले सत्य बुझ्ने काम भइरहेको बताएको छ । रंगशालाको दर्शक क्षमता १५ हजार छ । सेमिफाइनलमा १८ हजार टिकट बिक्री भएको पाइएको छ ।

टिकट बिक्री अधिकार ८० लाखमा माउन्ट एभरेस्ट स्पोटर्स एन्ड इभेन्टस प्रालिले प्राप्त गरेको छ । एन्फाले माउन्ट एभरेस्टलाई अर्को सूचना जारी नभएसम्म कुनै पनि माध्यमबाट टिकट नबेच्न निर्देशन दिएको छ । नक आउट चरणबाट एन्फाले साधारणतर्फ ५ सय र भीआईपीतर्फ एक हजार टिकट मूल्य तोकेको छ । फाइनल खेल बुधबार साढे ६ बजे हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर