नेप्से परिसूचक ९ दशलमव १९ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेको छ । आज दुई हजार ६१७.९५ अंकमा झरेर बजार बन्द भयो । यसदिन १४१ कम्पनीको शेयर घट्दा ९१ कम्पनीको शेयर भने बढेको छ । ५ वटा उपसमूहको शेयरमूल्य बढ्दा ८ वटाको भने घटेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माईखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने समृद्धि फाइनान्स र कालिञ्चोक दर्शनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर