भारतको विदेशी मुद्रा सञ्चितिमा गिरावट

काठमाडौं ।  भारतको विदेशी मुद्रा सञ्चिति अक्टोबर १८ मा समाप्त भएको सातामा २.१६३ अर्ब अमेरिकी डलरले घटेर ६८८.२६७ बिलियन डलर पुगेको छ ।

देशको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले जारी गरेको साप्ताहिक तथ्याङ्कले देखाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको यो लगातार तेस्रो साता हो । अघिल्लो साता विदेशी मुद्रा सञ्चिति १०.७४६ अर्ब डलरले घटेको थियो । जुन झन्डै तीन वर्षयताकै सबैभन्दा ठुलो गिरावट हो ।

विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठुलो अंश विदेशी मुद्रा सम्पत्ति ३ अर्ब ८६५ करोड डलरले घटेर ५९८.२३६ अर्ब डलरमा झरेको छ । सुनको भण्डार १.७८६ अर्ब डलरले बढेर ६७.४४४ अर्ब डलर पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर