सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत कात्तिक ७ गते सुन प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात रुपैयाँ बढी हो। यस्तै शुक्रबार भने एक लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर