काठमाडौंमा माओवादीको खबरदारी जुलुस र सभा

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस निकालेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस निकालिएको हो ।
सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर खबरदारी सभामा परिणत भयो । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गरे ।
प्रतिक्रिया