दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती राजमार्गको तुलसीपुर कपुरकोट सडकखण्डको सात तलेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटनामा भएको हो। जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया