डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काट्न शुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन काट्न फेरी शुरु गरेको छ । बिहीबार बेलुकी ८ बजेदेखि विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको जनाइएको छ ।

अहिलेसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एस।आर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

यस्तै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको लाइन पनि काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएन । त्यसलगत्तै उहाँले लाइन काट्न शुरु गरेका हुन् ।

प्राधिकरणले गत असोज २४ असोज गते एक सूचना जारी गर्दै बक्यौता महसुल भुक्तानी गर्न कात्तिक ८ गतेसम्मका लागि म्याद दिएको थियो । म्यादभित्र बक्यौता महसुल भुक्तानी नभएपछि लाइन काट्न शुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर