भक्तपुरमा एक दिन अघि नै भाईटिका (किजा पूजा) मनाइने

भक्तपुर । भक्तपुरमा आगामी कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते भाईटिका (किजा पूजा) मनाइने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा बिहीबार भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुको उपस्थितिमा बैठक बसेर सो निर्णय गरेको हो ।
बैठकले कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाईटिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

