आक्रामक ‘कलेक्सन’ गर्दै छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साब

काठमाडौं । यसपाली दसैँको फूलपातीको दिन रिलिज भएका तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले सकारात्मक प्रतिक्रिया पाउनुका साथै बक्स अफिसमा पनि राम्रै उपस्थिति देखायो।

आज (बिहीबार) बाट तेस्रो सातामा प्रवेश गरेका तीन चलचित्रमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरेका छन्। सुरूका दिनमा राम्रो अकुपेन्सी नदेखिएको ‘ज्वाइँ साब’ ले पनि राम्रो कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ।

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ’छक्का पञ्जा ५’ को यो सिक्वेल चलचित्रले सरकारी सेवा अथवा ‘ब्यूरोक्रेसी’मा रहेको भ्रष्टाचार र ढिलासुस्तीको कथा प्रस्तुत गर्नुका साथै सामाजिक तथा राजनीतिक विषय उठान गर्दै व्यङ्ग्य गरेको छ।दर्शकले छक्कापञ्जाको अघिल्ला सिरिज मन पराइदिएझैं यो सिरिज पनि मन पराइदिए । त्यसैले पहिलो साता ११ करोड ५० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरकले जनाएका छन्। त्यसयताको ग्रस कलेक्सनबारे आधिकारिक जानकारी दिइएको छैन।

एक्सन प्रधान चलचित्रमा जमेका अभिनेता विराज भट्ट लामो समयदेखि भोजपुरी फिल्म उद्योगमा जमेका थिए। आफ्नो निर्देशनमा छोरा समीर भट्टलाई चलचित्र ‘१२ गाउँ’ मार्फत् डेब्यू गराए । समीरलाई दर्शकले रुचाएका पनि छन् । एक्सन ‘जनरा’ मन पराउने अभिनेता/निर्देशक विराज भट्टले फिल्म व्यवसायिक रुपमा सफल बनाउन सकेभन्दा हुन्छ। फिल्म ‘१२ गाउँ’ ले पहिलो साता १० करोड ५ लाख रूपैयाँ कलेक्सन गरेको वितरकले जनाएका छन्। यो फिल्मको पनि त्यसयताको ग्रस कलेक्सन सार्वजनिक गरिएको छैन।

जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’लाई पनि दर्शकले माया गरेका छन्। प्राइम शो टाइम नपाएर सुरूका दिनमा राम्रो अकुपेन्सी नदेखिएको ‘ज्वाइँ साब’ले विस्तारै माउथ पब्लिसिटी पायो। त्यसपछि १० दिनमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर