सुर्खेतमा गाडी दुर्घटना हुँदा शाहीको मृत्यु, ६ घाइते

सुर्खेत ।सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बिहीबार बिहान बराहताल गाउँपालिका-८ हुड्केमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । चिकित्सकले लगत्तै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक शाही हाल वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । गाडी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२९ जना यात्रु सवार रहेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर