नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह

 काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

समारोहमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर