घरको चौथो तलाबाट लडेर मजदुरको मृत्यु

काठमाडौं । काठमाडौंको आलोकनगरमा निर्माणाधीन भवनबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलामा काम गरिरहेका बेला लडेर उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर