स्कर्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा बिहीबार बिहान स्कर्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा भएको दुर्घटनामा सोही नगरपालिका–१० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बा प्र –०१–०२९च ९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई लक्ष्मी सनराइज बैंक अगाडि ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको र उनीहरुलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर