दुई ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । टाँडीबाट नारायणगढतर्फ मंगलवार राति ११:२० बजेको समयमा आउँदै गरेको मधेश प्रदेश ०३-००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए ।
ट्याङकरपछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
प्रतिक्रिया