अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं। अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो। जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो। यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर