नेपाली बजारमा सुनको मूल्यले शिखर चुम्दै

काठमाडौं । आज मंगलबार सुन प्रति तोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

हिजो सोमबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर