सरकारको सय दिन पुगेपछि विरोध सुरु गरिने : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले भ्रष्टाचारीलाई संरक्षणमात्रै गर्ने काम गरेको उनको आरोप छ । पार्टीको कार्यक्रममा सहभागी हुन जुम्ला पुगेका दाहालले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा  बताएका हुन् ।

उनले सरकार बनेको एक सय दिन पुगेपछि आफ्नो पार्टीले विरोध सुरु गर्नेपनि घोषणा गरे । उनले भने,‘सरकारले राम्रो काम गर्न सकेन । हामी विपक्षी दलहरुको तर्फबाट आज सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर