पार्टी एक ढिक्का रहेको माधव नेपालको दाबी

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रहसहित समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरेका हुन्।

‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर