पूर्वसैनिकको घरबाट विस्फोटक पदार्थ बरामद

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका ४ का नेपाली सेनाका दुई वर्षअगाडि अवकाश प्राप्त गोविन्द पुरी विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । ४५ वर्षीय पुरीको घरबाट ठूलो मात्रामा विस्फोटक पदार्थसहित पक्राउ परेका हुन् । हिजो शनिबार उनको घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विस्फोट हुँदा पुरी घाइते भएका थिए ।

घरमा भाँडावर्तन सार्ने क्रममा सकेट बम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटमा पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । प्रहरीले विस्फोटबाट घाइते पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।

उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि पौडेलले जानकारी दिए ।

पुरीको घरबाट थप ठूलो परिणाममा विस्फोटक पदार्थ फेला परेको डिएसपी पौडेलले बताए । उनका अनुसार पुरीको घरबाट विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर