लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौं ।   लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । चेल्सीलाई आइतवार २–१ ले हराउँदै लिभरपुलले फेरि शीर्ष स्थानमा उक्लेको छ । मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल विजयी भएको हो । चेल्सीका लागि निकोलस ज्याक्सनले गोल गरेका थिए ।

सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । ४८ औं मिनेटमा ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरेका थिए । लिभरपुलका जोन्सले ५१ औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । जारी सिजनमा लिभरपुलको सातौं खेलमा छैटौं जित हो । जितपछि लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा १ अंक बढी छ । साविक विजेता सिटीले उल्भ्सलाई २–१ ले नै हराएको थियो । लिभरपुलको २१ अंक छ । चेल्सी १४ अंकमा छैटौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर