पोखराको शहीचोकमा तनाव, पत्रकारमाथि हातपात

काठमाडौं । आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेपछि आज पोखराको शहीचोकमा तनाव उत्पन्न भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा म्याद थपका लागि पेस गर्नुअघि रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनस्थल निषेधित क्षेत्र रहेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हट्न भनेको थियो । तर रास्वपाका नेता कार्यकर्ताले नछाडेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रास्वपा कार्यकर्ताले गरे पत्रकारमाथि हातपात

प्रहरीले निषेधित क्षेत्र तोक्न लगाएको ब्यारिगेट तोडेको भिडिओ खिच्न लागेपछि त्यसो नगर्न भन्दै रास्वपाका कार्यकर्ताहरूले रोकेका थिए ।लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि पोखरामा पत्रकारमाथि हातपात क्यामरा तोडफोडको प्रयास गरेका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ताले आन्दोलनको प्रसारण गरिरहेका अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा जर्नालिष्टमाथि हातपात गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर