साफ महिला फुटबल: नेपाल र भुटानले बराबरी खेले

काठमाडौं । साफ महिला फुटबल च्याम्पिएनसिपमा हिजो शुक्रबार भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेले । खेलमा निरन्तर दवाबमा राखेको नेपालले गोल गर्ने धेरै मौका गुमाएको थियो ।

अन्तिमसम्म पनि दवाबमा रहेको भुटानले दोस्रो हाफमा भने आफ्नो खेल निकै सुधारेको थियो । पटक पटकको प्रयास असफल भएपछि नेपालले भुटानसँग बराबर अंक बाँडेको छ । समूह बी मा रहेको नेपाल र भुटानले बराबरी खेले पनि हिजै भएको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई हराएर ३ अंक जोडिसकेको छ । शिहीबार भएको समूह ए को खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर