रविलाई पक्रेर आजै पोखरा लैजाने तयारी, पक्राउ गर्न प्रहरी घण्टीघरमा

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवंम पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेलगत्तै उनलाई पक्रेर अहिले साँझ नै पोखरा लैजाने तयारीमा सरकार लागेको छ । उता रवि लामिछाने भने कार्यकर्ता जम्मा गरेर आफ्नो पार्टी कार्यालयमा सुरक्षा कवच बनाएर बसेका छन् । उनी आज पक्राउ पर्ने सम्भावनासँगै आफ्ना गाडी नचढेर डीपी अर्यालको गाडीमा पार्टी कार्यालय बनस्थली पुगेका थिए । आजै भएको प्रतिपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई प्रतिशोधको आधारमा पक्राउ गरे नराम्रो हुने चेतावनी दिएका थिए ।

यसैबीच  सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ । सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर