बचतको माग दाबी गर्न छुटेका सहकारीपीडितलाई मौका

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतको माग दाबी पेश गर्न छुटेकाहरूलाई मौका दिने भएको छ । छुट भएका पीडित बचतकर्ताहरूलाई मागवादी पेश गर्ने बारेको १५ दिने सूचना जारी गर्दै समितिले मौका दिएको हो ।

समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समितिसमक्ष लेखी आएका समस्याग्रस्त संस्थाहरूको संस्था वा संघका सदस्य, बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमको दाबी पेश गर्न राष्ट्रिय पत्रपत्रिकामा प्रथम पटक ३५ दिन र दोस्रो पटक १५ दिन दिई आफ्नो दाबी पेश गर्न सूचना दिइएको थियो ।

तर, आफ्नो दाबी पेश गर्न छुट हुन गएको भनी गुनासो आएकोले पहिले प्रकाशित सूचना बमोजिम दाबी गरेको बचतकर्ताहरूको दायित्व भुक्तानी भइसकेपछि असुली भई बाँकी हुन आएको रकममा बचतकर्तालाई दामासाहीले वितरण गर्न सकिने गरी अन्तिम पटक १५ दिने छुट दाबीका लागि मौका दिएको समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर