डेंगुको सङ्क्रमण बढेसँगै रगतको कमी : रक्तदान गर्न आह्वान

काठमाडौं । देशभर डेंगुको सङ्क्रमण बढेसँगै रगतको कमी हुन थालेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । बाढीपहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी देखिएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग बढेसँगै दसैँले गर्दा पहिलाको तुलनामा सङ्कलनमा कमी आएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेट लेट रिच प्लाज्माको भने माग बढेको बताए । उनले प्लेट लेटको माग दिनानुदिन बढ्दै गए पनि दसैँ चाडपर्वले मानिसहरू घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताए । उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको जानकारी दिए ।
उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए ।
उनले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताउँदै अहिले रेडक्रसले ७० प्रतिशतसम्म मात्र माग पूरा गर्न सकिहेको उल्लेख गरे ।

निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत सङ्कलन गर्नुपर्ने खाँचो औंल्याए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट उनले आह्वान गरे । उनले प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेट लेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर