कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

काठमाडौं । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौं प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर