रवि लामिछाने पक्राउ पर्न सक्ने प्रचण्डको विश्लेषण

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने आशंका व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज शुक्रबार बोलाएको तीन विपक्षी दलहरुको बैठकमा उनले सरकार लामिछानेलाई पक्रने मनस्थितिमा रहेको विश्लेषण सुनाए ।

टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको प्रचण्डले तीन दलको बैठकमा बताए ।

प्रचण्डले छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका कुराहरु सुन्दा र त्यसमाथि विचार पुर्‍याउँदा सरकार लामिछानेलाई पक्रने आभास आफूलाई लागेको बताए । प्रचण्डले बैठकमा भने, लमािछानेलाई ‘एकदुई दिनभित्रमा सामात्न सक्छ, मेरो यस्तो विश्लेषण रहेको छ”, प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर