आज शुक्रबार सुन प्रति तोला दुई हजार रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार सुनको मूल्यमा प्रति तोला दुई हजार रुपैयाँ वृद्धि भएको छ । आज दुई हजार रुपैयाँ वृद्धि भएसँगै सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। हिजो बिहीबार चाँदी प्रति तोला एक हजार नौ सय ५० मा कारोबार भएकोमा आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर