चौथो राष्ट्रिय केन्पो मार्सल आर्ट्स प्रतियोगिताको तयारी पूरा

कैलाली । भोलि शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको कैलालीमा नेपाल केन्पो मार्सल आर्ट्स संघद्वारा आयोजित चौथो राष्ट्रिय प्रतियोगिताको तयारी पूरा भएको छ ।

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो ।

केन्द्रीय अध्यक्ष पुण्य प्रसाद पाण्डेका अनुसार प्रतियोगितामा ६ प्रदेशका खेलाडीको सहभागिता रहने छ । नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका खेलप्रति सर्वसाधारणको रुची अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने र खेलको स्तर वृद्धि गर्न विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गर्ने क्रममा चौथो राष्ट्रिय प्रतियोगिता गर्न लागेको र जसको तयारी पुरा भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कात्तिक २ गते उद्घाटन हुने प्रतियोगितामा करिब २०० जना खेलाडीको सहभागी रहेको र विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको १६५ वटा डोजो रहेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर