नेप्सेमा बिहीबार झिनो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर दुई हजार ७ सय ४५ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा ७ अर्ब १९ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८९ वटाको बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।​​​​​​

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडकाे शेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ भने कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३३ करोड १३ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर