समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक गर्न निर्देशन

काठमाडौं ।  समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १५ दिने सूचना जारी गरेको छ । समिति कार्यालयले सम्रस्याग्रस्त १८ वटा सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको हो ।

समितिले यसअघि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले समय तोकिएको उल्लेख गरेको छ । कार्यालयले १५ दिने सूचना प्रकाशित गर्दै दायित्व फरफारक नगरे कानुन अनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारीको नामावली यसअघि नै प्रकाशन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर