काठमाडौंमा तरकारीको मूल्यमा अत्यधिक वृद्धि

काठमाडौं ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची हेर्ने हो भने अधिकांश तरकारीको मूल्य घटेको छ । तर कालिमाटी होलसेल बजारमै हरियो तरकारीको मूल्य उच्च छ । जुन खुद्रा बजारमा आइपुग्दा उपभोक्ताले किनिनसक्नु महँगो छ । कालिमाटी बजारको तथ्यांकले तरकारीको मूल्य घटेको देखाए पनि कालिमाटी होलसेल बजारमै चर्का मूल्यमा तरकारी बिक्री भइरहेको छ । फरक फरक पसलमा तरकारीको मूल्य पनि फरक फरक छ । होलसेलमै मूल्य चर्का भएपछि खुद्रा बजारमा उपभोक्ताले छोइ नसक्नु मूल्यमा तरकारी किन्नु परेको छ ।

कालिमाटी तरकारी बजार विकास समितिका अनुसार असोज २३ गतेदेखि आसोज २९ गते मंगलबारसम्म एक साताको अवधिमा चिचिन्डोको मूल्य सबैभन्दा बढी ४५ प्रतिशतले घटेको तर बजारमा भने तरकारीको मस्ल्य उच्च छ। त्यस्तै, घिउ सीमीको ३४ प्रतिशत, तने बोडीको ३४ प्रतिशत, मकै बोडीको ३१ प्रतिशत घिरौलाको मूल्य २३ प्रतिशतले घटेको छ बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने कहीं कतै बढी मूल्य लिएको फेला पारे कडा कारवाही गर्ने जनाएको छ ।

चाडवाड वा अन्य कुनै पनि समय बजारमा कृत्रिम अभाव गर्ने, बढी मूल्य लिने तथा कालो बजारी गर्ने कुनै पनि व्यापारी वा फर्मलाई कारवाही गर्ने विभागले जनाएको छ । तर विभागको अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताले राहत पाउन सकेका छैनन् । चाडवाडमा बढी मात्रामा प्रयोग हुने तरकारीहरुको मूल्य भने बढेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर