महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ३ की ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडी आउँदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका ७ खसरेखानमा गएराति दुर्घटना भएको थियो ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउद, डडेल्धुराको आलिताल गाउँपालिका १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता रहेका छन् ।

यसैगरी, कृष्णपुर नगरपालिका ५ की ६५ वर्षीया धनमती साउद, पुर्चौंडी ८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । पवनदूत यातायात प्रालिको ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी १२ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर