सुन तोलामा १४ सय वृद्धि

काठमाडौं । दसैंपछिको पहिलो दिन मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले जनाएअनुसार दसैंअघिको कारोबार दिनको तुलनामा चाँदीको मूल्य आज तोलाकै २५ रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ मा चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर