पाकिस्तानको टेस्ट टोलीमा बाबरसहित चार खेलाडी हटाइए

काठमाडौं ।  पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पूर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिमबाट बाहिर राखेको छ । पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीमा बाबर, नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई समावेश गरिएको छैन । साथै, अब्रार अहमद भने डेंगु भएको कारणले छनोटका लागि उपलब्ध छैनन् ।

यी खेलाडीहरूको स्थानमा हासिबुल्लाह, मेहरान मुमताज र कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन्, जबकि मोहम्मद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा समावेश गरिएको छ । इङल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टिमः शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हासिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।

पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ चयन समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो । बाबरले कप्तान पुनः नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट सुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर