बिपी राजमार्गको मंगलटार-नेपालथोक खण्ड पुनः सञ्चालनमा

काठमाडौं ।  सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बिपी राजमार्गअन्तर्गतको मंगलटार-नेपालथोक खण्ड पुनः सञ्चालनमा आएको छ। गत असोज १० देखि १२ गतेसम्मको बाढी-पहिरोले बिपी राजमार्ग पूर्ण अवरूद्ध थियो। शुक्रबार बिहान १ः३० बजे विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी राजमार्ग सञ्चालनमा ल्याएकामा पिप्लेमा सुख्खा पहिरो खसेको थियो।

पहिरोले जिप पुरेको थियो। पहिरो पन्छाउने गएको डोजरसमेत पल्टाइदिएको थियो। उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट पुनः सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन्।

“यही असोज १०-१२ गतेको को बाढी पहिरोबाट देशका सबै क्षेत्रमा जनधन समेतको ठूलो क्षति हुन पुग्यो। यसै क्रममा ८० वटामध्ये ३९ राष्ट्रिय राजमार्गहरू अवरूद्ध भएकामा कतिपय खण्ड १३ गतेदेखि नै खोली यातायात सञ्चालन गर्न सुरू गरिएको थियो। खोल्न बाँकी र सबैभन्दा बढी क्षतिग्रस्त प्रमुख सडक बिपी राजमार्गको चौकीडाँडा-मंगलटार-नेपालथोक खण्ड पनि विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी आज २५ गते बिहान १ः३० बजे सवारीसाधन सञ्चालन हुन सक्ने बनाइएको थियो। तर पिप्लेको सुख्खा पहिरोले एउटा जिप पुरेको र सफा गर्न गएको जेसिबी लोडर समेत पल्टाइदिएपछि रोकिएको यातायात अहिले दिउँसो २ः३० पुनःसञ्चालनमा आएको छ”, उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर