नेपालीलाई खुशी हुनका लागि दसैं कुर्नु नपरोस् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै खुशी हुनका लागि दसैं कुर्नु नपरोस् भनी कामना गरेका छन्। साथै, उनले बाह्रय शक्तिराष्ट्रहरूको दवाव र दुष्प्रभाव नपरी नेपालीहरू दसैंमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सिर्जना होस् भनी कामनासमेत रहेका छन्।

जनताको जीवनमा सकारात्मक परिवर्त ल्याउनका लागि आफूहरूले दरबार छाडेको तर, अहिले त्यसो नभएको उनको भनाई छ। ‘खुसी हुन र रमाउन दसैं नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भने,’जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर